मुख्यमन्त्री राउतद्वारा मृतकका परिवारलाई राहत र घाइतेको उपचार खर्च व्यहाेर्ने प्रतिबद्धता

धनुषा, २९ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोटन घटनाका पीडित परिवारलाई भेटेका छन् ।

आज बिहान टोलीसहित घटनास्थल पुगेका प्रदेश- २ का मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रतिमृतक राहत रकम समेत उपलब्ध गराउने बताए ।

टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो । बम बिस्फोट परी प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियाे । साे घटनामा ४ जना घाइते भएको र उनीहरुको उपचार धरानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021