चर्कियो कांग्रेसमा विवादः असन्तुष्ट पक्षले आज पनि बैठक बहिष्कार गर्ने

काठमाडौँ, २९ मंसिर । महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको आन्तरिक विवाद झन् चर्किंदै गएको छ । सभापति शेरबहादुर देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहेको देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेको छ ।

महाधिवेशनको एजेन्डा नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेको पौडेल समूहले आज आइतबार आह्वान गरेको बैठक पनि बहिष्कार गर्ने बताएको छ ।

केन्द्रीय बैठक नै बहिष्कार गरेर विरोध गर्न थालेपछि सभापति देउवा विवाद मिलाउन शनिबार पौडेल निवास बोहोराटार पुगेका थिए । उक्त छलफलमा पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका बैठकको एजेन्डा बनाउनुपर्ने माग राखेका थिए ।

बिहीबारको बैठकमा विभागको संख्या बढाउने एजेन्डा प्रस्तुत गरिएको थियो । वरिष्ठ नेता पौडेलसँगको छलफलमा सभापति देउवाले पहिला विभाग गठन गर्ने र भ्रातृ संघसंस्था बनाउने बताएका थिए । दुई महामन्त्री अनुपस्थित भएको बेलामा ल्याइएको प्रस्तावमा अन्तरिम संरचना सबै निर्माण भइसकेपछि मात्र महाधिवेशनको कार्यतालिकामाथि छलफल गरिने प्रस्ताव ल्याइएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021