भारत विरोधी कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीका एक नेतालाई कारबाही

काठमाडौँ, २९ मंसिर । समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ ।

यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणपछि यादवलाई कारबाही गरिने पार्टीका नेताहरूले जनाएका छन् । यसअघि पार्टीले स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भनी पार्टीका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ ।

समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पाकिस्तानी दूतावासले गरेको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीमा उजुरी आए पछि रेखालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइन् ।

कात्तिकको दोस्रो हप्ता नेपालस्थित पाकिस्तानी दूतावासले जम्म्मु काश्मिरमाथि लगाइएको संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा गरेको कार्यक्रममा यादव अतिथिका रूपमा सहभागी भएकी थिइन् ।

कार्यक्रममा यादव सहभागी भएको फोटोसहित पार्टीमा उजुरी दर्ता भएको थियो । यादवले उक्त कार्यक्रममा जानुअघि पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका कुनै नेतालाई जानकारी गराएकी थिइनन् भने सहभागी भएपछि पनि उनले यसबारेमा केही बोलेकी थिइनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021