नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक एक वर्षपछि आज बिहान ११ बजे बस्न लागेको हो । नेकपाको आजदेखि सुरु हुन लागेको स्थायी कमिटी बैठकमा सरकार सञ्चालन तथा मन्त्रीको कार्यसम्पादनबारे समेत गम्भीर मूल्यांकन हुने बताइएको छ ।

यस्तै, पार्टीले सञ्चालन गर्ने ६ महिने अभियान, आगामी केन्द्रीय कमिटी बैठक, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउने, उपनिर्वाचनको समीक्षालगायत विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सरकारको समीक्षासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटीको बैठक अघि अर्थात बिहान ९ बजे सचिवालयको बैठक बस्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021