पाथीभरा मन्दिर व्यवस्थापन समितिद्वारा ज्येष्ठ नागरिकलाई भोजन

भक्तपुर, २८ मंसिर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाथीभरा मन्दिर व्यवस्थापन समितिले एक सय सात जना ज्येष्ठ नागरिकलाई भोजन गराएको छ ।

अग्रज समाज नेपालको नेतृत्वमा मन्दिरमा मेला भर्न आएका ज्येष्ठ नागरिकलाई मन्दिर व्यवस्थापन समितिले शनिवार दीवा भोजन गराई सम्मान गरेको हो । कार्यक्रममा सांसद महेश बस्नेतले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नांंगरिकलाई मासिक एक सय रुपिँया प्रदान गरी सम्मान गर्न शुरु गरिएकोमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले दैनिक एक सय रुपियाँ गरी मासिक तीन हजार पु¥याएको बताउनुभयो ।

वर्तमान सरकारले ज्येष्ठ नागरिकलाई मात्र नभइ सुकुम्बासी, भुमि हिन लगायतका सबै वर्गका नागरिकलाई सम्मान गर्ने नीति लिएको भन्दै सांसद बस्नेतले अग्रज समाजको नेतृत्वमा ज्येष्ठ नागरिकका धेरै अधिकार स्थापित भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले ज्येष्ठ नागरिकको नाम उच्चारण गर्ने बित्तिकै मनमोहन अधिकारीको नाम स्रमण हुने भन्दै मनमोहन अधिकारीका सपना वर्तमान सरकारले पूरा गर्न लागेको बताउनुभयो ।

उहाँले पाथीभरा मन्दिर लगायतका सूर्यविनायक नगरपालिका भित्रका धार्मिक क्षेत्रलाई समेटेर पवित्र तिर्थस्थल निर्माण गर्न लागेको जानकारी गराउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ज्येष्ठ नागरिकको अभियानमा आफूले सधै साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले महेश बस्नेतको योगदानको सरकारले बुझ्न नसकेको भन्दै नेपालमा बस्नेत जस्ता नेताको आवश्यक भएको बताउनुभयो ।

अग्रज समाजका सहअध्यक्ष नयन्द्र खड्काले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नु राष्ट्रको सम्मान भएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले अहिले पाथीभरा मन्दिर पवित्र तिर्थस्थल बन्दै गाएको स्पष्ट गर्नुभयो ।

गौर संरक्षण केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानले पाथीभरा मन्दिर क्षेत्रमा दिव्यधाम निर्माण गर्न लागिएकाले त्यस अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021