दुई स्वर्ण विजेता मन्डेकाजीलाई नगरपरिक्रमा गर्दै नगद पुरस्कार सहित सम्मान

भक्तपुर, २८ मङसिर । रमेश गिरी । मध्यपुरथिमि नगरपालिकाले तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) मा करातेमा दुई स्वर्ण विजेता मध्यपुरथिमि नगरपालिका ४ बालकुमारी निवासी मन्देकाजी श्रेष्ठलाई नगद रु. ५ लाख ५५ हजार ५५५ रुपैया पुरस्कार सहित आज भव्य सम्मान गरेको छ ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सागमा राष्ट्रलाई पहिलो स्वर्ण पदक दिलाउने तथा दुईवटा स्वर्ण दिलाएर मध्यपुर थिमि नगरपालिकाको मात्र नभई राष्ट्र कै नाम उच्च राख्न सफल भएको भन्दै नगरपालिकाले नगद सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको बताउनुभयो ।

स्वर्ण पदक विजेता खेलाडी मन्देकाजी, खेल प्रशिक्षकलाई फूल माला लगाएर नगरपालिकाले आज बाजागाजाका साथ बोडेबाट सुरु गरेको विशाल र्याली सहितको नगर परिक्रमा नगदेश, चपाचो लगायत नगरको बिभिन्न ठाउँको परिक्रमा गरि बालकुमारीमा आएर सम्मान गरिएको थियो ।

नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकुदको ईतिहासमा २० वर्षपछि सागमा देशलाई दुईवटा स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसंगै देशको नाम अन्तर्राष्ट्रिय जगतमा उचाईमा पुर्याएको भन्दै चर्चा गर्नुभयो । एशियन गेम र ओलम्पिकमा समेत स्वर्ण जित्न प्रेरणा दिदै उहाँले यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा सम्मानित खेलाडी मन्देकाजीले आफ्नै गुरु गंगाराम महर्जनले २० वर्ष अगाडि ल्याएको स्वर्णको रेकर्ड तोड्दै एकैपटक एकल काता र टिम कातामा स्वर्ण पदक ल्याउन सफल भएको बताउनुभयो । उहाँले खेल मध्यपुरथिमिमा पनि यो खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण संचालन गर्ने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्धय गंगाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठ लगायतले मन्देकाजीले खेल जगतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । यसअघि सरकारबाट मन्देकाजीले दुई वटा स्वर्ण विजेता भएवापत रु. ११ लाख रुपैया पुरस्कार पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन