आलम प्रकरण : अदालतले बोलायो प्रतिवादी

काठमाडौँ, २८ मंसिर । राजपुर बमकाण्डका फरार प्रतिवादीलाई हाजिर हुन जिल्ला अदालतले पत्र पठाएको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लागेका १० जना प्रतिवादीलाई अदालतले ३५ दिनभित्र हाजिर हुन पत्र पठाएको हो ।

पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा ०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई चिम्नीभट्टामा हालेर जलाएर मारेको भन्दै ११ जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा मुद्दा चलाइएको थियो ।

यस प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि नख्खु जेलमा छन् । आलमबाहेक अरू पक्राउ परेका छैनन् ।

राजनीतिक शक्तिको आडमा १० वर्षसम्म गुपचुप पारिएको घटनाको अनुसन्धान जिल्ला प्रहरी प्रमुख भएर एसपी भूपेन्द्र खत्री आएलगत्तै सुरु भएको थियो । खत्रीले आलमलाई असोज २६ गते पक्राउ गरेका थिए । चिम्नीमा जिउँदै हालेर हत्या गरिएको अभियोगमा प्रहरीले सांसद आलम तथा उनका भाइ महताब आलमसँगै मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएको थियो । आलम पक्राउ परेपछि सबै फरार भएको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका‌ अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने