संसदीय समितिकाे निर्णयप्रति लोकसेवाको असन्तुष्टि

काठमाडौँ, २८ मंसिर । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाको प्रस्तावित विधेयकमा आयोगको पूर्वसहमतिबिनै आयोगका कर्मचारीलाई सरकारले सरुवा गर्न पाउने व्यवस्था राख्ने सहमति गरेसँगै आयोगले यसप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

‘लोकसेवासम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच आयोगको पूर्वस्वीकृति बिना नै आयोगका कर्मचारीलाई सरकारले आफूखुसी सरुवा गर्न पाउने व्यवस्था राख्ने सहमति जुटेको थियो ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली समितिले पर्याप्त अध्ययनबिना नै हल्का निर्णय लिएको बताँउछन् । अध्यक्ष मैनालीले यस्तो व्यवस्थाले संवैधानिक आयोगको स्वायत्तता र निष्पक्षतामाथि गम्भीर असर पार्ने बताए । समितिले संवैधानिक आयोगलाई सरकारको विभाग जस्तो ठान्न नहुने उनको तर्क छ । ‘संवैधानिक निकायले सरकारलाई समेत चेक एन्ड ब्यालेन्समा राख्ने हो । आयोगमा राजनीति प्रवेश गराउन खोजिए हामीलाई मान्य हुँदैन,’ अध्यक्ष मैनालीले भने । संवैधानिक आयोगको अधिकार कटौतीको निर्णय सोचनीय विषय भएको आयोगको भनाइ छ ।

यसअघिको संसद्ले दिएको अधिकार कटौती गरेर आयोगलाई कमजोर बनाउने प्रयास भएको अध्यक्ष मैनालीको तर्क छ । ‘गोप्य शाखामा कार्यरत कर्मचारीलाई जथाभावी सरुवा गरिँदा आयोगले विश्वास गरेका कर्मचारी नहुँदा कामकारबाही प्रभावित हुने र गोेपनीयतामा असर पर्ने आयोगका पदाधिकारीहरू बताँउछन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021