कांग्रेसमा गुटगत विवाद चर्कियो : देउवा र पौडल आ–आफ्नै रणनीतिमा 

काठमाडौँ, २८ मंसिर । महाधिवेशनलाई लिएर कांग्रेसमा गुटगत विवाद चर्किएको छ । संस्थागत र असन्तुष्ट समूह रणनीति बनाउन शुक्रबार गटगत भेलामा व्यस्त थिए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि  बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए ।

सभापति देउवा निवास बूढानिलकण्डमा शुक्रबार उनीनिकट नेताहरुको बैठक गरे । वरिष्ट नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बस्यो । यसरी दुवै नेताले आ–आफ्ना गुटको बैठक बसेर निर्णयसमेत गरेको छ ।

यही विषयलाई कान्तिपुरले पनि ‘किन बल्झिरहन्छ विवाद ?’ शीर्षकमा समाचार लेख्दै कांग्रेसमा अहिले देखिएको विवाद आसन्न महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा केन्द्रित भएको तर बारम्बार विवाद उठ्नुका पछाडि भने पार्टी सामूहिक वा एकल नेतृत्वबाट चलाउने भन्ने द्विविधा प्रमुख कारण भएको उल्लेख गरेको छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका