फोहोर पानी प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिन्छ : मन्त्री मगर

काठमाडौँ, २७ मंसिर । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले काठमाडौँको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रबाट निस्कने ग्यासलाई ईन्धनमा परिणत गरिने बताउनुभएको छ ।

शुक्रबार प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा मन्त्री मगरले उक्त प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्नेछ । प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने र सोही ईनर्जीबाट उक्त आयोजनाको ३० प्रतिशत सञ्चालन गर्न सकिने पनि मन्त्री मगरको भनाइ छ । प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले उद्घाटन मिति चाँडै तय गरिने उहाँले बताउनुभएको छ ।

मन्त्री मगरले यसै अवसरमा निर्माणाधीन अयोजनास्थल परिसरमा वृक्षारोपणसमेत गर्नुभएको छ । उहाँले प्रशोधन केन्द्रको काम सकिएको भएता पनि यसको सुन्दरता र पार्क निर्माण लगाएतका काम सम्पन्न गर्न बाँकी नै रहेकाले केही समय लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021