मन्त्री गुरुङसँग जापानी राजदूत सागोइबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २७ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र नेपालका लागि जापानी राजदूत मासामिची सागोइबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री गुरुङसँग शुक्रवार सिंहदरबारस्थित मन्त्री गुरुङको कार्यकक्षमा भएको भेटमा दुई मुलुकबीचको मित्रता र द्धीपक्षीय सहयोगका क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री गुरुङले नेपालको कृषि क्षेत्र र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा जापान सरकारप्रति आभार व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माणमा जापान सरकार र जापानी जनताले गरेको सहयोग समेत स्मरण गर्नुभयो ।उहाँले नेपालको ग्रामिण क्षेत्रका महिलालाई कृषि उद्यमी बनाउन र उनीहरुद्धारा उत्पादित सामग्रीको बजार प्रवद्र्धनमा जापान सरकारबाट थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत मासामिची सागोइले जापानले जेष्ठ नागरिकका हितमा केन्द्रित सहयोग जारी राख्ने बताउँदै महिलाको पक्षमा काम गर्न चाहेको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021