नेकपाको सदस्य बन्न पार्टी स्कूल पास गरेको प्रमाणपत्र अनिवार्य

काठमाडौँ, २७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कुनै पनि कमिटीमा सदस्य बन्न पार्टी स्कूल पास गरेको प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

नेकपा स्कूल विभागले केन्द्रीय सचिवालयमा पेश गरेको कार्ययोजनामा तल्लो तहसम्म स्कूल सञ्चालन गर्ने र त्यहाँ उतीर्ण हुनेलाई प्रमाणपत्र दिने सहितका व्यवस्था गरिएको छ । पार्टीको नीति, कार्यक्रम, सिद्धान्त र नेपाली समाजको चरित्र बुझ्न नसक्नेहरु कम्युनिस्ट सदस्य हुन नसक्ने स्कुल विभागको ठम्याई रहेको छ ।

ईश्वर पोखरेल प्रमुख र देवेन्द्र पौडेल तथा बेदुराम भुसाल उपप्रमुख रहेको बिभागको हालैको बैठकले कार्ययोजना बनाएर सचिवालयमा पेश गरेको हो । सचिवालयबाट कार्ययोजना र विभागलाई पूर्णता दिने म्याण्डेट प्राप्त भएपछि देशब्यापी रुपमा नेकपाले स्कूल सञ्चालन गर्नेछ । यस्तो स्कूल स्थानीय तहसम्म सञ्चालन गरिने भएको छ । अब नेकपाको महाधिवेशनसम्म जाँदा यो व्यवस्था लागु गर्ने तयारी गरेको छ ।

नेकपा स्कूल विभागले पाठ्यक्रममा पार्टीको मार्गदर्शक सिद्धान्त, माक्र्संवाद, लेनिनवाद, पार्टीको तत्कालिन कार्यक्रम जनताको जनवाद, पार्टीले लिएको वैज्ञानिक समाजवाद र नेकपा सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको विषय समेटिने बताइएको छ । उनीहरुको पढाइ अवधि सकिएपछि प्रयोगात्मक र लिखित दुवै परीक्षा लिई प्रमाणपत्र दिइनेछ । स्कूलबाट दीक्षित प्रशिक्षकहरुले स्थानीय तह र कतिपय वडासम्म पुगेर पढाउनेछन् ।

यीबाहेक नेपाली समाजको चरित्र, सामाजिक सांस्कृतिक मूल्य मान्यता, सामाजिक सञ्जालको प्रयोग, जलवायु परिवर्तन जस्ता विषयहरु पनि नेकपाको स्कूलमा पढाइने भएको छ । यी सबै पाठ्यक्रम विषयविज्ञबाट बनाउन लगाइने र स्कूलमा पनि उनीहरुले नै पढाउने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

पोखरा, २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस, माओवादी, जनता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021