भारतीय पासपोर्टमा अब भाजपाको चुनाव चिन्ह !

एजेन्सी, २७ मंसिर । भारतको पासपोर्ट नक्कली प्रयोग हुन नदिन भन्दै भारतको सत्तारुढ पार्टी (भाजपा)को चुनाव चिन्हसमेत रहेको  कमलको फूल समेत राखिने भएको छ ।

बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कमल भारतको राष्ट्रिय फूल भएकोले विदेश मन्त्रालयले फर्जी पासपोर्टलाई निस्तेज गर्नका लागि पासपोर्टमा कमलको फूल राखेर छाप्न थालेको जनाएका छन् ।

रबीश कुमारको यो स्पष्टीकरण गएको बुधबार भारतको लोकसभामा केही सांसदले प्रश्न उठाएपछि आएको हो । रवीशका अनुसार भारतीय पासपोर्टमा कमलको फूल छाप्ने निर्णय माथिको निर्देशन अनुसार भएको हो । उनले भनेका छन्,‘‘अहिले हामी पासपोर्टमा कमलको फूल छापिरहेका छौं । हुन सक्छ भोलि अरु केही छापिन सक्छ । यसरी छापिने भारतको राष्ट्रिय प्रतीकमध्येकै कुनै एक हुनेछ । जस्तो कि राष्ट्रिय फूल वा राष्ट्रिय पशु ।’’

विपक्षी कंग्रेसका नेता एमके राघवनले बुधबार लोकसभाको शून्य समयमा भारतीय पासपोर्टमा कमल छाप्नुको कारणबारेमा प्रश्न गर्दै यो सत्तारुढ भाजपाको चुनाव चिन्ह पनि भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

पोखरा, २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस, माओवादी, जनता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021