नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।

उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आआफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।

प्राप्त प्रतिवेदनमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ वैशाख । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका