बिदामा आएका कामदार साउदी नफर्केमा तीन वर्ष प्रतिबन्ध लगाइने

काठमाडौँ, २७ मंसिर । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो ।

बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो । साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ । साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ ।

पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन् । जसमा नेपालीसमेत छन् । कामदारहरू कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि पुरानो रोजगारदातासँग काम गर्न इच्छुक नदेखिएका हुन् । ‘म भिसा रद्द नगरी आएको थिएँ । राम्रो तलब मिल्ने काम पाए अन्तै जाने योजना बनाएको छु,’ साउदीमा तीन वर्ष काम गरी फर्केका रूपन्देहीका उज्ज्वल मगरले भने, ‘अहिले पनि भिसाको अवधि बाँकी छ । तर जाने योजना बनाइसकेको छैन ।’

उनका अनुसार साउदीमा पहिलाजस्तो भागेर अन्य रोजगारदातासँग काम गर्नसमेत कठिन छ । ‘पहिला भागेका कामदारलाई रोजगारदाताले पनि सहजै लिन्थ्यो । पैसा पनि कमाइ हुन्थ्यो । अहिले त भागेका कामदारलाई ५० हजार रियाल जरिवाना र ६ महिना जेल बस्नुपर्ने नियम छ,’ झापाका उमेश रिजालले भने, ‘भिसाको म्याद छ । फेरि जाउँ कि नजाउँ भएको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021