कांग्रेसमा सभापति देउवाको अधिनायकवाद : केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौँ, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले अधिनायकवादी शैली अपनाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालासहितका नेताहरुले बहिष्कार गर्नुभएको हो ।

आज दिउसो एक बजेका लागि बोलाइएको बैठकमा सहमति जुटन नसकेपछि नाराबाजीसहित बहिष्कार भएको हो । बैठकका एजेन्डामाथि सहमति नभएपछि पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको हो ।

देउवाले बहुमतको आडमा जबरजस्ती पेलेर जान खोजेकोले आफूहरु बैठकमा सहभागी नभएको बरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । ‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ, त्यो हामीलाई मान्य छैन,’ पौडेलले भन्नुभयो । बहिष्कार गरेर अलग्गै कक्षमा बस्ने टोलीमा प्रकाशमान सिंह, डा रामशरण महत, शेखर कोइरालालगायत नेताहरु हुनुहुन्छ ।

खासगरी विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसकेको हो । हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्याउने तयारी संस्थापन पक्ष छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषय एजेण्डा रहेको छ ।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै