आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष !

एजेन्सी, २६ मंसिर । बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट भएकी छिन् ।

बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा उनी शीर्ष स्थानमा पर्न सफल भएकी हुन् । साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष बताएको छ । पत्रिकाका अनुसार आलियाले यो वर्ष अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ ।

आलियाले एशियाको सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गर्दै भनेकी छिन्, ‘हामी बुढा–बुढी हुन्छौं, कस्तो देखिन्छौं त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईं मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईं सधैं सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ ।’

यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण यसपटक दोस्रो स्थानमा छिन् । तर यसपटक दीपिका पादुकोणले दशककी सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पोल्टोमा पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा