अनेरास्ववियूका नेता-कार्यकर्ता भ्रमण वर्ष सफल पार्न स्वयंसेवकको रुपमा परिचालित हुने

कञ्चनपुर, २६ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ ।

आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको बताउदै उनले भने, ‘यो राष्ट्रिय उत्सवलाई सफल पार्न अनेरास्ववियूले आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्वयंसेवकका रुपमा परिचालित गर्ने निर्णय गरेको छ ।’

उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आ-आफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न र देशभरका पर्यटकीय स्थलहरुमा नियमित सरसफाइ गर्न र सामाजिक सन्जालमार्फत नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न  समेत निर्देशन दिएका छन ।

कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, सुनिता बराल, तिलकराज भण्डारी र एलवि सिंहले एकतालाई चाँडै टुंगो लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड