बेलायती महारानीका रोचक तथ्य

एजेन्सी, २६ मंसिर । बेलायतकी महारानी एलिजाबेथ द्वितीया अहिलेसम्म विश्वका १ सयभन्दा धेरै देशको यात्रा गरिसकेकी छिन् ।

जो विना भिसा तथा पासपोर्ट दुनियाका १ सयभन्दा धेरै देश घुमिसकेकी छिन् । बीबीसीको एक रिपोर्टअनुसार महारानी एलिजाबेथलाई आफ्नो पासपोर्ट बनाउनै आवश्यक छैन । किनकी बेलायतका सबै जनताको राहदानी उनकै नामबाट जारी हुन्छ । राहदानी नभए पनि महारानीसँग एउटा गोप्य कागजात भने हुन्छ ।

महारानीसँग सवारी चालक अनुमतिपत्र पनि छैन । तरपनि उनी कार चलाउँछिन् । बेलायतमा महारानीमात्र एकजना यस्ती नागरिक हुन् जसले आयकर तिर्नु पर्दैन । तर सन् १९९२ देखि उनले स्वेच्छाले आफ्नो आम्दानीको नियमानुसारको कर सरकारी ढुकुटीमा जम्मा गर्दै आएकी छिन् ।

महारानीको जन्मदिन समेत फरक-फरक मितिमा मनाइन्छ । उनको आधिकारिक जन्मदिन बेलायत, अस्ट्रेलिया, क्यानडा तथा न्यूजिल्याण्डमा फरक-फरक मितिमा मनाइन्छ । बेलायतमा हरेक वर्ष जून महिनाको पहिलो, दोस्रो वा तेस्रो शनिबार महारानीको जन्मदिन मनाइन्छ, सरकारी तवरमा ।

पूर्वी अस्ट्रेलियामा जूनको दोस्रो सोमबार महारानीको जन्मदिन मनाइन्छ भने पश्चिमी अस्ट्रेलियामा सेप्टेम्बरको अन्तिम हप्ता वा अक्टोबरको पहिलो हप्ता मनाइन्छ । त्यस्तै न्युजिल्याण्डमा जूनको पहिलो सोमबार तथा क्यानडामा मे महिनाको पहिलो सोमबार महारानी एलिजावेथको जन्मदिन मनाइन्छ । तर महारानीको वास्तविक जन्मदिन चाहिँ अपि्रल २१ तारेख हो । उक्त दिन उनले राजदरबारमा परिवारका साथमा आफ्नो जन्मदिन मनाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने