नेपाल प्रहरीका खेलाडीले १३औं सागमा जिते १६ स्वर्ण

काठमाडौँ, २६ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्णसहित ५६ पदक प्राप्त गर्न सफल भएको छ।

नेपाल प्रहरी खेलकुद समितिका अनुसार प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी ८४ जना खेलाडीहरु सहभागी भएकोमा १६ स्वर्ण, १४ रजत र २६ कास्य गरीजम्मा ५६ वटा पदक हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटा र पुरुष फुटबलतर्फ १ गरी कुल १६ वटा स्वर्ण पदक छन् ।

यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १ वटा, महिला फुटबलतर्फ १ वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् ।

साथै भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबलटेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ वटा र पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन