काठमाडौँ, २६ मंसिर । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





