उपसभामुख तुम्वाहाङफेद्वारा उधौली पर्वको शुभकामना

काठमाडौँ, २६ मंसिर । प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले किराँत समुदायको महान् चाड उधौलीका अवसरमा देशविदेशमा रहनुभएका नेपाली किराँत दिदी बहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन  ।

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सदभाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन ।

सन्देशमा भनिएको छ, ‘उधौली पर्वलाई मानिस जनावर तथा चराचुरुङ्गी जाडोबाट बच्न लेकबाट बेँसीतिर झर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै, आँगनमा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने पर्वको सङ्केतका रुपमा लिने भएकाले ऐतिहासिक एवम् सांस्कृतिक मान्यता रहेको छ । यस चाडले मेलमिलाप र सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।

काठमाडौँ, ५ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ ।

काठमाडौँ, ५ बैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व

जाजरकोट, ५ वैशाख । जाजरकोटको खलंगास्थित जिल्ला प्रशासन कार्यालयको आँगनमा ५ वटा टेन्ट गाडिएका छन् । जहाँ एउटा त्रिपालमा प्र्रमुख जिल्ला