सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग

काठमाडौँ, २६ मंसिर । सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन् । अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान लिएर भएपति पूर्ति गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

सरकारी विद्यालयमा अहिले १ लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन् । तीमध्ये स्थायी एक लाख ११ हजार १४५ र राहत कोटामा ४२ हजार ३७८ जना रहेको छ ।

मुलुकभर ३० हजार को हाराहारीमा सरकारी विद्यालय छन् । शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयमा क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका सहायक महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार