जुम्बा व्यायाममा रम्दै युरो किड्सका विद्यार्थी

भक्तपुर, २५ मंसिर । कोलम्वियन नर्तक एवम् कोरियोग्राफर अल्वर्टाे बेटो पेरेजद्वारा सन् १९९८ अक्टोबरमा कोलम्वियाबाट शुरु गरेको जुम्बा व्यायाम २१ वर्षपछि भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीले शुरु गरेका छन् । नेपाल लगायत विश्वका १ सय ८० देशका युवा र वयस्कले यो व्यायाम गर्दै आएका छन् ।

नृत्यको माध्यमबाट गरिने व्यायाम नै जुम्बा व्यायाम हो । नाच्दै गरिने व्यायाम भएकोले यो व्यायाम साना केटाकेटीले बढी मन पराउने गर्छन । साना विद्यार्थीलाई जुम्बा व्यायाम शुरु गर्ने भक्तपुर युरो किड्स नै संभवत भक्तपुरको पहिलो विद्यालय हो ।

साना विद्यार्थीलाई स्वस्थ र सकृय राख्नका लागि हरेक आइतबार जुम्बा व्यायाम शुरु गरिएको भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए । जुम्बा व्यायामको तालीम लिएकी भक्तपुर युरो किड्सकी शिक्षिका ममता गिरीले कक्षा एकदेखि ३ सम्मका सबै विद्यार्थीहरुलाई जुम्बा व्यायाम सिकाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने