जुम्बा व्यायाममा रम्दै युरो किड्सका विद्यार्थी

भक्तपुर, २५ मंसिर । कोलम्वियन नर्तक एवम् कोरियोग्राफर अल्वर्टाे बेटो पेरेजद्वारा सन् १९९८ अक्टोबरमा कोलम्वियाबाट शुरु गरेको जुम्बा व्यायाम २१ वर्षपछि भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीले शुरु गरेका छन् । नेपाल लगायत विश्वका १ सय ८० देशका युवा र वयस्कले यो व्यायाम गर्दै आएका छन् ।

नृत्यको माध्यमबाट गरिने व्यायाम नै जुम्बा व्यायाम हो । नाच्दै गरिने व्यायाम भएकोले यो व्यायाम साना केटाकेटीले बढी मन पराउने गर्छन । साना विद्यार्थीलाई जुम्बा व्यायाम शुरु गर्ने भक्तपुर युरो किड्स नै संभवत भक्तपुरको पहिलो विद्यालय हो ।

साना विद्यार्थीलाई स्वस्थ र सकृय राख्नका लागि हरेक आइतबार जुम्बा व्यायाम शुरु गरिएको भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए । जुम्बा व्यायामको तालीम लिएकी भक्तपुर युरो किड्सकी शिक्षिका ममता गिरीले कक्षा एकदेखि ३ सम्मका सबै विद्यार्थीहरुलाई जुम्बा व्यायाम सिकाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।