विजयी वालगायक कार्कीलाई बेबिलोनको सम्मान

काठमाडौँ, २५ मंसिर । प्रथम गणेश प्रसाद रिजाल उपत्यकाव्यापी माद्यमिक विद्यालयस्तरीय गायन प्रतियोगितामा बेबिलोन नेशनल स्कुल शान्तिनगरका ८ कक्षाका वालगायक विक्रम कार्की पहिलो भएर ८ हजार नगदसहित शिल्ड, पदक र प्रमाणपत्र जितेका छन् ।

विजयी वालगायक कार्कीलाई बुधबार बेबिलोन स्कुलको प्रार्थना सभामा आयोजित एक कार्यक्रममा बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गायक प्रकाश आचार्य तथा बेबिलोन स्कुलका पुर्व विद्यार्थी एवम् भ्वाइस अफ नेपालका रनर अप सनिश श्रेष्ठले कार्कीले जितेको नगद, शिल्ड, पदक तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

वालगायक कार्कीको प्रतिभाको कदर गर्दै बेबिलोन नेशनल स्कुलले उनलाई ५ कक्षादेखि पुर्ण छात्रवृत्ति दिएर पढाउँदै आएको विद्यालयका प्रिन्सिपल राजु राईले बताए ।

वालगायक कार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गायक प्रकाश आचार्य र संगीत प्रशिक्षक सागर गौतमले गायनका विविध पक्षबारे आवश्यक प्रशिक्षण दिएर उनको प्रतिभा प्रष्फुटनमा सघाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार