एन आई सी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौँ, २४ मंसिर । एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा मंगलवार ट्रेड टावर थापाथली, काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । अध्यक्ष ढकालसँग ICICI बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी Deloitte मा कार्य गरेको र विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।

अध्यक्ष ढकालले मंगलवार नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष खनिया लगायतको उपस्थिति रहेको थियो ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुविन काजी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज