कोहलपुरका विद्यालय बन्द

कोहलपुर, २३ मंसिर । कोहलपुरका विद्यालयहरु बन्द भएको छ ।

कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर सोमबार एक दिन विद्यालय बन्द आह्वान गरेका हुन् ।

आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की छात्रा प्रकृति चन्दलाई ट्रकले कुल्चिएपछि कोहलपुर तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै तर्फका करिब दुई दर्जन घाइते भएका छन् ।

ट्रकको ठक्करबाट घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार