काठमाडौँ, २३ मंसिर । आज सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





