एक्सनमा प्रमको सचिवालय : सल्लाहकार थपलियाद्वारा विज्ञसँग राय संकलन

काठमाडौँ, २२ मंसिर । ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई  सार्थकतामा पुर्याउन नेपाल सरकारको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय बिशेष योजनाका साथ एक्सनमा उत्रीएको छ ।

जनताको आवश्यकता र चाहना अनुसारको मुलुक निर्माण गरी विकसित मुलुक बनाउन लक्ष्यका साथ तिव्र गतिमा अघि बढिरहेको वर्तमान प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ ई. गजेन्द्र प्रसाद थपलियाले सरकारको लक्ष्य प्राप्तीको लागि आगामी दिनमा गर्नुपर्ने र खेल्नुपर्ने भूमिकाको वारेमा विषय विज्ञसँग आज आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नु अघि राय संकलन गर्नुभएको छ । सल्लाहकार थपलियाले छलफल कार्यक्रममा विशेष गरी विकास निर्माणका सवालमा वर्तमान अवस्थामा भइरहेका गतिविधि, भावी रणनीतिको साथमा समस्या र समाधानको उपायको बारेमा इन्जिनियङि क्षेत्रका विज्ञसँग राय संकलन गर्नुभएको हो ।

नाम एकको भए पनि जिम्मेवारी सवैको भएको उल्लेख गर्दै छलफलमा विशेष गरी सरकारद्वारा सञ्चालनमा रहेका आयोजनाहरुको परिणामूखि कसरी बनाउन सकिन्छ ? परिणामूखी बनाउन सरकार तथा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको बारेमा विशेष इन्जिनियरहरुसँग सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले सरकारद्वारा सञ्चालनमा रहेका पुराना आयोजनाहरुमा ठेक्काका सवालमा भएका समस्यालाई तत्काल समस्या समाधान गरी विज्ञको सहयोगमा आयोजनालाई प्रभावित पार्ने प्रकारका विद्युत, टेलिफोनका तार, बन क्षेत्रलगायतका समस्या समाधान गरी आयोजना निर्माणको ढोका खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । सडक मेन्टिनेन्सका लागि सरकारको बजेट कम रहेको उल्लेख गर्दै त्यसलाई बढाउनुपर्ने, कर्मचारी विहान उठ्ने वित्तीकै मन्त्रीको घरमा धाउने नभई उठ्ने वित्तिकै आयोजनामा पुग्ने बनाउनुपर्ने, अध्ययनको लागि ठूलो संख्यामा नेपाली दक्ष युवाहरु विदेश पलायन हुने गरेकाले त्यसलाई तत्काल रोकी देशमा नै उर्जाशिल शक्तिलाई प्रयोगमा ल्याउने वातावरण सिर्जना गर्नुपर्ने लगायतका सुझावहरु दिनुभयो ।

नेपाल इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष प्रा. डा. त्रिलोचन बज्राचार्यले वर्तमान सरकारले कामलाई गति दिएता पनि आयोजनामा केही समस्या रहेकाले समस्या समाधान गरी सावधानिपूर्वक काम अघि बढ्नुपर्ने, निर्माण कम्पनीका कारण आयोजनामा भइरहेको ढिलाईलाई अन्त्य गर्नुपर्ने लगायतका सुझावहरु दिनुभयो ।

पिनका अध्यक्ष ई. सम्भुवावु श्रेष्ठले कामको प्रचार व्यापक मात्रामा गर्नुपर्ने, भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने, कुर्सीको सदुपयोग गर्न नसक्नेलाई कारवाहीको प्रकृया अघि बढाउनुपर्ने लगायतका सुझाव दिनुभयो । इन्जिनियरिङ संस्थाका प्रोजेक्ट मेनेजर जगत श्रेष्ठले गुणस्तरिय काममा कुनै कन्जुस्याई नगरी असारे विकासको प्रथालाई अन्त्य गर्न सुझाव दिनुभयो ।

नेपाल इन्जिनियरिङ एशोसिएशनका उपाध्यक्ष ई. अर्पण राज सिलवालले विगतको गल्तीलाई वर्तमानको सिकाईको रुपमा लिनुपर्ने, भ्रमबाट मुक्त हुन कानुनी राज्यको अनुभुत हुने प्रकारको काम गर्नुपर्ने सुझाल दिनुभयो ।

नेपाल इन्जिनियर एशोसिएसनका महासचिव छविराज पोखरेलले आयोजनाका काममा सरकार एक्सनमा जानुपर्ने उल्लेख गर्दै अनुगमन तथा निरिक्षणलाई विशेष ध्यान दिनुपर्ने, अन्तर मन्त्रालयको समन्वयलाई व्यापक बनाउनुपर्ने लगायतका सुझाव दिनुभयो । ई. भेसराज थापाले विकासमा भएको खर्च अनुसारको प्रगति हुन नसकेकोले त्यसलाई कामको आधारमा खर्च हुने वातावरण सिर्जना गर्नुपर्ने, काम नेपाल सरकारले गर्ने अनि अन्तिम समयमा आएका दाताले हामीले आयोजना निर्माण गरी सम्पन्न गर्र्यौ भन्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

इन्जिनियरिङ काउन्सिलका सदस्य रामेश्वर रिजालले सरकारमा रहने तथा काम गर्ने व्यक्तिको देशको विकास र समृद्धिको पक्षमा आत्मादेखीनै सफा हुनुपर्नेमा जोड दिँदै कुनै प्रभावमा नभई नीतिका आधारमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

स्क्यापका महासचिव ई. कृष्ण सापकोटाले ठेक्दारले एड्भान्स रकम लिने र काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता खारेज तथा कानुनी प्रकृयामा अघि बढ्नुपर्ने, आवश्यकता अनुसारको योजनालाई प्राथामिकताका आधारहरु छुट्याउनुपर्ने, अध्ययन अुनसन्धानलाई विशेष प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिनुभयो ।

पिनका केन्द्रीय सदस्य रन्जिव रोकाहाले वार्षिक योजना र प्राथमिकताका आधारमा आयोजना अघि बढाउनु पर्ने, विज्ञताको टिमलाई विशेष रुपमा परिचालन गर्नुपर्ने, सात वटै प्रदेशमा विषय विज्ञको टिम परिचालन गर्नुपर्ने लगायतका सुझाव दिनुभयो । गोविन्द पौडेलले ऐन नियम वारम्वार शंसोधन मात्र गर्ने नभई विषय विज्ञ तथा सरोकारवाला निकायसंग व्यापक मात्रामा छलफल गरी स्थायीत्व दिनुपर्ने सुझाव दिनुभयो ।

नेपाल टेलिकमको फोजीका कन्ट्रयाक्टर मेनेजर शिव मंगल गिरीले ८० प्रतिशत पूर्वाधार निर्माणमा बजेट रहेको तर कर्मचारीतन्त्रका कारण भएको समस्यालाई सुधार, शेयर बजारमा आएको समस्यालाई समाधान गर्ने बाटोमा अघि बढ्न सुझाव दिनुभयो ।

सवैको सुझाव लिइसके पछि सल्लाहकार ई. थपलियाले वर्तमान समयमा भइरहका आयोजनाहरुको उपलब्धी, समस्या लगायतका विवरण तत्काल पेश गर्न जानकारी गराइसकेको उल्लेख गर्नुभयो । आगामी दिनमा यो वा त्यो वहानामा कुनै पनि आयोजनालाई रोक्न नहुनेमा उल्लेख गर्दै सल्लाहकार थपलियाले विषय विज्ञको सल्लाहहरुलाई उच्च प्राथमिकता दिई आगामी दिनमा प्रधानमन्त्री तथा सरकारको योजनालाई थप प्रभावकारी बनाउने कार्य गर्ने वातावरण सिर्जना गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो । उहाँले कुनै पनि आयोजनाको प्रकृया अघि बढ्ने तर त्यसको नतिजा नआउने समस्यालाई अन्त्य गराउन आगामी दिनमा आफ्नो पहिलो प्राथमिकता हुने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै