दक्षिण एसियाली खेलकुद सुरक्षालाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पोखरामा

काठमाडौ‌ँ, २२ मंसिर ।  प्रहरी महानिरीक्षक खनाल दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिन आइतबार पोखरा पुग्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले राष्ट्रको प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको उक्त खेलको सुरक्षा व्यवस्थाबारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न र सभ्य एंव भव्य रुपले सफल पार्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवगमन लगायतका विषय समेटिएको दक्षिण एसियाली खेलकुद सुरक्षा रणनीतिबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई जानकारी गराउनुभयो ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त खेलकुदको सुरक्षासँग सम्बन्धित विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभएको छ ।

उहाँले पोखरा रंगशालाको समेत स्थलगत अवलोकन गर्नुभई प्रतियोगिताको सुरक्षार्थ स्थापना भएको नेपाल प्रहरी कमाण्ड पोष्ट र प्रतियोगिता अन्तर्गत अन्य खेलकुद हुने स्थानको समेत अवलोकन गरी दक्षिण एसियाली खेलकुदलाई सफल पार्न अन्तिम समयसम्म प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । थप ५९४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको

काठमाडौँ, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत

बाँके, ३० साउन । प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका