राष्ट्रिय मानवअधिकार आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौ‌ँ, २२ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन आ.व.२०७५—२०७६ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

आज राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष अनुपराज शर्माले बार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम संवैधनिकनिकायले आफूले गरेको कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । आयोगले स्थापनाकालदेखि नै आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

प्रतिवेदनमा विशेषतःआयोगमा वर्षभरिमा परेका उजुरी, उजुरी उपरका छानबीन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिश सम्बन्धमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा