काठमाडौँ, २२ मंसिर ।१३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाली राष्ट्रिय बास्केटबल टोली प्रवेश गरेको छ ।
आज दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नेपालले सोमबार हुने खेलमा फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ ।





