एनआईसी बैंकको नयाँ विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा

काठमाडौँ, १८ मंसिर । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर आजदेखी सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको समुद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गर्नुभयो ।

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहक महानुभावहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट