अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

काठमाडौँ, १८ मंसिर । चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आएको छैन ।

नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउन चासो नदेखाउँदा मौद्रिक नीतिमा समेत समेटिएको उक्त कार्यक्रम अघि बढ्न सकेको छैन । यसबारे अर्थमन्त्री डा. युवराज खतिवडाले चासो देखाएका छन् ।

गत हप्ता अर्थ मन्त्रालयमा आयोजित विकास समाधान समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपाललाई तत्काल कार्यविधि बनाउन अर्थमन्त्री खतिवडाले निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज