काठमाडौँ, १६ मंसिर । ग्रामर पव्लिक स्कुल कोटेश्वरको बास्केटबल टोलीले कान्जिरोवा स्कुलले आयोजना गरेको ‘तेस्रो कान्जिरोवा उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता’ को उपाधि जितेको छ ।

त्यसैगरि सोही टोलीले हिमालय स्कुल कोटेश्वरद्वारा आयोजना गरेको ‘दोस्रो हिमालय बास्केटवल प्रतियेगिता’को पनि उपाधि जितेको छ । दुवै उपाधि जितेका खेलाडी, प्रशिक्षक राजन सिंह तथा विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गलाई ग्रामर स्कुलको प्राथना सभामा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले वधाई तथा शुभकामना दिए ।





