१३ औं साग खेलकुदमा नेपालले जित्यो ६ स्वर्ण

काठमाडौँ, १६ मंसिर । १३ औं साग खेलकुदमा नेपालले हालसम्म ६ वटा स्वर्ण पदक जित्न सफल भएको छ ।

हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए । यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जिते ।

मन्डेकाजीले देशलाई दुई विधाबाट दोहोरो स्वर्ण दिलाएका छन । यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन् । उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन् । यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन् ।

सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान