काठमाडौँ, १६ मंसिर । बलिउड नायीका कट्रिना कैफले नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरले मलाई कहिले पनि रिस नउठ्ने बताएकी छन ।
उनी भन्छिन्, ‘नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरले मलाई कहिले पनि रिस उठ्दैन । बरु, यो क्षेत्रमा अझै राम्रो गर्ने हौसला प्रदान हुन्छ ।’ ‘यो कुरामा रिसाउनुको कुनै अर्थ छैन । बरु, त्यो स्थान छुने लक्ष्य लिन आवश्यक छ । म नायकविनाको एक्सन चलचित्र गर्न चाहन्छु । जसको बजेट ठूलो होस् र म त्यो चलचित्रलाई आफ्नै तागतमा हिट बनाउन सकुँ ।’
बलिउडमा नायक र नायिकाविचको पारिश्रमिकको अन्तर छ । नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ । यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन ।





