काठमाडौँ, १६ मंसिर । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





