स्थानीय सरकारका थरीथरी कर, नागरिकलाई तिर्नै धौधौ

काठमाडौँ, १३ मंसिर । जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँच/पाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् ।

दैलेखका ११ वटै स्थानीय तहका कर शीर्षक र रकम फरकफरक छन् । सुविधाविहीन बस्तीमा पनि सदरमुकामकै दरमा कर लगाइँदा स्थानीयलाई आर्थिक भार परिरहेको छ । अधिकांश स्थानीय तहले गत वर्षभन्दा १० प्रतिशत कर रकम वृद्धि गरेका छन् ।

नारायण नगरपालिका–१० का भुवन बोगटीले सुविधा नहेरेरै नगरपालिकाले जथाभावी जग्गा मूल्यांकनको रकम बढाउँदा अधिकांश बासिन्दाले तिरो तिर्न नसकेको बताए । ‘नगरले लागू गरेको दररेटमा जग्गा बिक्री हुँदैन, बेकार कर मात्र तिर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस वर्षको नगरसभाबाट थप १० प्रतिशत कर वृद्धि गरिएपछि विपन्न नागरिकलाई कर तिर्नै धौधौ छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज