सभापति देउवाद्वारा अर्घाखाँची दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले बिहीबार एक वक्तव्य जारी गर्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनको वक्तव्यमा भनिएको छ, ‘दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछु । सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन पनि म सरकारलाई अनुरोध गर्दछु,’ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बुधबार बस दुर्घटना हुदा हालसम्म १९ जनको मृत्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा