एजेन्सी, १२ मंसिर । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको एक टिभी शोको सुटिङ गरिरहेका बेला उनी अचानक लडेर बिहिबार चीनमा मृत्यु भएको छ ।
चिनियाँ मिडियाका अनुसार ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ । कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् ।
https://www.instagram.com/p/B5IG2NbJbeJ/?utm_source=ig_web_copy_link