एजेन्सी, १२ मंसिर । श्रीलङ्काका पूर्व स्पीनर मुथैया मुरलीधरणले राजनीतिमा पहिलो इनिङको सुरुवात गर्न गइरहेका छन् ।
उनलाई श्रीलङ्काको उत्तरी प्रान्तको गर्भनर नियुक्त गरिएको छ । बुधबार सार्वजनिक मिडिया रिपोर्टका अनुसार श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षेले मुरलीधरणलाई व्यक्तिगत रुपमा आमन्त्रण गर्दै यो प्रस्ताव गरेका थिए ।
४७ वर्षीय पूर्व क्रिकेटरको नाममा १ सय ३३ टेस्टमा सबैभन्दा धेरै ८ सय विकेट लिएको किर्तिमान रहेको छ । सन् २०१० मा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।
राष्ट्रपति गोतबायाले मुरलीधरणका साथै अनुराधा यहमपथलाई पूर्वी प्रान्तको गर्भनर र तिस्स वितरणालाई उत्तर मध्य प्रान्तको गर्भनर बनाएका छन् ।