१५ प्रतिशत लाभांश दिने लक्ष्मी बैंकको घोषणा

काठमाडौं, १२ मंसिर । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरी कुल१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांसपछि बैंकले ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँ छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।  मंसिर २२ गतेसम्मका शेयरधनी मात्र वार्षिक साधारण सभामा सहभागी हुन सकिन बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार