१५ प्रतिशत लाभांश दिने लक्ष्मी बैंकको घोषणा

काठमाडौं, १२ मंसिर । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरी कुल१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांसपछि बैंकले ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँ छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।  मंसिर २२ गतेसम्मका शेयरधनी मात्र वार्षिक साधारण सभामा सहभागी हुन सकिन बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, विराज भट्ट

काठमाडौँ, ७ बैशाख । फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको छ । प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा

काठमाडौँ, ६ बैशाख । चर्चित टेलिभिजन शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा

काठमाडौँ, ५ बैशाख । बलिउड सिनेमा निर्माता रोहित शेट्टीको घरमा गोली चलाएको आरोपमा एकजना पक्राउ परेका छन् । यूपी स्पेशल