१८ वटा बैंक शंकाको घेरामा

काठमाडौं, १२ मंसिर । प्रहरीले विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले रकम चोरी गर्ने समूहलाई नै पक्राउ गरेको बताए ।

प्रहरीका अनुसार बातविक खातावालको नागरिकतासहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर बैंकबाट पैसा चोरी भएको हो ।

पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । यस्तै १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको छ । राजधानी दैनिकले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज