बैङ्कमा पनि पैसा सुरक्षित छैन !

काठमाडौं, १२ मंसिर । ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ ।

आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएमकार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान सुरु गरेको हो ।

जनता बैङ्कको न्युरोड शाखाबाट तीन पटक गरी उहाँको खाताबाट १९ लाख रुपियाँ झिकिएको छ । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ । यो घटनामा बैङ्कका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज