काठमाडौँ, ११ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन् ।
औपचारिक उद्घाटन हुनुभन्दा अगाडीनै महिला र पुरुष भलिबल आजदेखि सुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।
उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ। खेल साँझ ७ बजे सुरु हुनेछ। पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ।





