काठमाडौँ, १० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारबाट भलिबलका प्रतिस्पर्धा सुरु हुने भएको छ ।
आगामी आइतबार सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबलका प्रतिस्पर्धा चार दिनअघि नै सुरु हुन लागेको हो ।
भलिबलको प्रतिस्पर्धाअन्तर्गत नेपाल पुरुषमा समूह ‘ए’ मा छ। नेपालसहित यो समूहमा बंगलादेश र भारत छन्। नेपालले पहिलो खेल बुधबार साँझ ७ बजे बंगलादेशसँग खेल्नेछ।
त्यसअघि नेपाली महिला टिमले बंगालदेशसँग नै खेल्ने कार्यक्रम रहेको छ । खेल दिउँसो ३ बजे हुनेछ ।






