काठमाडौँ, १० मंसिर । सिभिल बैंकले आफ्नौ नवौं वार्षिकोत्सवको अवसरमा तीनवटा शाखा विस्तार गरेको छ ।
आज बैंकले निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको विस्तार गरेको हो । नयाँ शाखाको संचालनसँगै बैंकले मुख्य शाखामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
हालसम्म यो बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ७६ पुगेको छ ।





