काठमाडौँ, १० मंसिर । आज मंगलबार नेप्से शून्य दशमलव ९० अंकले घटेर एक हजार एक सय नौं दशमलव १६ अंकमा पुगेको छ ।
नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ११ अंकले बढेर २४५.४९ अंकमा पुगेको छ । यस दिन बजारमा १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता सेयर २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँमा कारोबार भए । आज ट्रेडिङ समूह सर्वाधिक १९.०२ अंकले उकालो लाग्यो भने उतपादनमुलक समूह सर्वाधिक १६.२९ अंकले ओरालो लाग्यो ।
साताको तेस्रो दिन बजारमा क्रमश, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार पाँच करोड ८१ लाख ९७ हजार ५१ रुपैयाँ, सिटिजन्स् बैंकको प्रमोटर सेयरको कारोबार तीन करोड ८२ लाख ४३ हजार ३१६ रुपैयाँ, नेपाल बैंकको कारोबार एक करोड ८२ लाख ७९३ रुपैयाँ, एनएमबी बैंकका सेयर एक करोड ३३ लाख आठ हजार ६१ रुपैयाँ, एनआइसी एशिया बैंकको सेयर एक करोड ७३ हजार ५४३ रुपैयाँ र प्रभु बैंकको सेयर ७५ लाख ५७ हजार ४४७ रुपैयाँमा कारोबार भएको हो ।
यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर पाँच करोड ८१ लाख ९७ हजार ५१ रुपैयाँमा कारोबार भएको हो ।






