काठमाडौँ, ९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत दशरथ रंगशालामा हुने फुटबल खेल हेर्न टिकट दर पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ ।
दशरथ रंगशालामा हुने पुरुष फुटबलका खेल हेर्न साधारण प्याराफिटको ५ सय र भीआईपी प्याराफिटको १ हजार रुपैयाँ टिकट दर तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।




